प्रहरीले बयलगाडा नियन्त्रणमा लिएपछि...

views:-463

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी भएको सन्देश दिन भन्दै नेकपाकै प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियूले आज धेरै ठाउँमा बयलगाडा प्रदर्शन गरेको थियो । यसैबीच काठमाडौंमा निकालिएको बयलगाडा जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

यसैक्रममा प्रहरीले बयलगाडा नियन्त्रणमा लिएको छ । बयलगाडा नियन्त्रणमा लिनेक्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी पनि चलेको थियो ।

आज देशभरका धेरै ठाउँमा बयलगाडा प्रदर्शन गर्दै विरोध जनाउने कार्यक्रम रहेको अनेरास्ववियूले जनाएको छ ।

गणतन्त्र र संघीयतालाई धरापमा पार्नेगरी प्रधानमन्त्री ओलीले संविधानविपरित प्रतिनिधि सभा विघटन गरेकाले उनीविरुद्ध प्रदर्शन गर्न लागिएको उनीहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १

ओलीको प्रश्न, ‘भारतसँगको सम्बन्धबारे तपाईँकै पालामा किन छलफल हुन्छ भन्ने ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध नबिग्रिएको दाबी गर्नुभएको छ । आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै उहाँले आफूले भारतसँग

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले 'धम्की' दिएपछि मिश्रले के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न धम्की