ओलीको प्रश्न, ‘भारतसँगको सम्बन्धबारे तपाईँकै पालामा किन छलफल हुन्छ भन्ने ?’

views:-424

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध नबिग्रिएको दाबी गर्नुभएको छ । आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै उहाँले आफूले भारतसँग समदूरीको सम्बन्ध चाहेको स्पष्ट पार्नुभएको छ ।

‘बाहिर सम्बन्ध राम्रो छ भन्ने र भित्र–भित्रै शत्रुता कायम गर्ने काम आफ्नो मेरो पालामा भएन’, भातसँगको सम्बन्धबारे उहाँले भन्नुभयो, ‘भारतले भू–भाग हडपेको थाहा छ तर भन्न नसक्ने । सम्बन्ध राम्रै छ भन्ने । सीमासँग समस्या भए खुलस्त छलफल गर्नुपर्छ ।’

भारतसँगको सम्बन्धका बारेमा आफ्ना पालामा विभिन्न काम भएकाले छलफल र बहस हुनेगरेको प्रधानमन्त्री ओलीको दाबी छ ।

‘१९२८ देखि सिँचाइका लागि पानी गइरहेको छ । ९२ र ९३ वर्षबाट पानी गइरहेको छ । भारतसँगको सम्बन्धका बारेमा तपाईँकै पालामा किन बहस हुन्छ भन्ने ?’, उहाँले प्रतिप्रश्न गर्नुभयो, ‘हाम्रा खेतमा पानी नहुने । खेत बाजै राख्ने । मौका मिले राष्ट्रवादका ठूला गफ गर्ने । हाम्रो भू–भाग सामेल गरेर नक्सा प्रकाशन गरेपछि सम्बन्ध बिग्रन्छन् । अरुको भूमिमा दाबी गरेमा बिग्रने हो ।’

यसैबीच, प्रधानमन्त्री ओलीले देश निर्वाचनतर्फ उन्मुख भएको बताउनुभएको छ । उहाँले प्रतिनिधि सभा पाँच वर्ष चल्ने अपेक्षा भए पनि आफ्नै दलका कारण सम्भव नभएको आरोप लगाउनुभयो ।

‘हामीले सोचेका थियौं । प्रतिनिधि सभा पाँच वर्ष चल्ने छ । आफूलाई लगातार देश र जनताको सेवा तथा संविधानको रक्षा कार्यान्वयनमा जानेछ भन्ने आशा थियो,’ उहाँले भन्नुभयो ।

प्रतिकृया दिनुहोस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १

प्रहरीले बयलगाडा नियन्त्रणमा लिएपछि...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी भएको सन्देश दिन भन्दै नेकपाकै प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियूले आज धेरै

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले 'धम्की' दिएपछि मिश्रले के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न धम्की