प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले 'धम्की' दिएपछि मिश्रले के भने ?

views:-349

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न धम्की दिएका छन् ।

शनिबार मिश्रले लेखेको एक ट्विटको धमकीपूर्ण शैलीमा जवाफ दिँदै रिमालले भनेका छन्, ‘सीमामा बस्नुस् रवीन्द्रजी ! तपाईँको यो ट्वट टिप्पणी गर्न पनि उपयुक्त छैन ।’

यसअघि मिश्रले ट्विटरमा लेखेका थिए, ‘कस्तो समय आयो ! पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्याली आह्वान गर्दा हजारौं सरिक हुने । अब त अति भो ।’

रिमालले यसको जवाफ दिँदै भनेका छन्, ‘सीमामा बस्नुस् रवीन्द्रजी ! तपाईँको यो ट्विट टिप्पणी गर्न पनि उपयुक्त छैन । मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलेब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्नेछ ।’

यता मिश्रले धम्कीपूर्ण भाषा प्रयोग नगर्न रिमाललाई पुनः सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘प्रिय विष्णुजी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्याउँदा ‘‘सीमामा बस्नुस्’’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो । विमती जनाउनुभएको भए भइहाल्थ्यो । सानो सुझाव मात्र ।’

ट्विटर प्रयागेकर्ताहरुले पनि रिमालको जवाफ धम्कीपूर्ण भएको भनेर आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजनमा पुगेको छ । अदालतमा प्रतिनिधिसभा विघटनबारे मुद्दा विचारधिन रहेको अवस्थामा मिश्रको यो भनाइ आएको हो ।

चारजना पूर्वन्यायाधीशले पनि सर्वोच्च अदालतमा परेको मुद्दाबारे विचार पुर्याउन सर्वोच्चलाई ध्यानाकर्षण गराउँदै शुक्रबार एक विज्ञप्ति निकालेका थिए । ओलीको मदम असंवैधानिक भएको उनीहरुको ठहर थियो ।

उनीहरु थिए मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की ।

प्रतिकृया दिनुहोस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १

प्रहरीले बयलगाडा नियन्त्रणमा लिएपछि...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी भएको सन्देश दिन भन्दै नेकपाकै प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियूले आज धेरै

ओलीको प्रश्न, ‘भारतसँगको सम्बन्धबारे तपाईँकै पालामा किन छलफल हुन्छ भन्ने ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध नबिग्रिएको दाबी गर्नुभएको छ । आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै उहाँले आफूले भारतसँग