तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म 'चारदाम'को ४ पोस्टर सार्वजनिक

views:-244

इटहरी/ हिन्दु नेपालिहरुको महान पर्व दशैंको अवसर पारेर फिल्म 'चारदाम'को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चारदामको ४ पोस्टर निर्माण युनिटले सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरहरुमा फिल्मका प्रमुख कलाकारहरुलाई अटाइएको छ । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो ।



यो फिल्मको यतिबेला पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको फिल्मका लेखक तथा निर्देशक लाखमान योन्जन तामाङले जानकारी गराए । उनका अनुसार चाडैं इटहरीको इलाइट सिनेमा हलमा विशेष प्रदर्शनी गरिने तयारी भैरहेको छ । आउँदो तिहार अगाडि नै ट्रेलर र एक गीत सार्वजनिक गर्न लागेको फिल्म युनिटले 'चारदाम'को सम्पुर्ण डिजिटल राइट्स ओएसआर डिजिटललाई बिक्री गरेको छ । यो फिल्मलाई आगामी मङ्सिरको पहिलो साता देशव्यापी प्रदर्सन गर्ने निर्माण युनिटको योजना रहेको छ ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा ३ ओटा गीत समावेश छ । फिल्म 'चारदाम'मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, शान्ती पाख्रीन, मदन राई, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, कुमारी लिम्बू, सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । चारदाममा दिपक लिम्बू र मुना ठटालले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाईले संगीत गरेको गीतमा बजगाई र निर्देशक लाखमानको शब्द समावेश गरिएको छ । गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । चारदाम फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस

‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स

  काठमाडौंँ । चर्चित गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा

समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत

  काठमाडौँ / इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत "शोक" सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ

छोटो चलचित्र ‘द जर्नी अफ डेथ’ को छायांकन सम्पन्न ,अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुने

उदयपुर,धनकुटा, भोजपुर र खोटाङका पहाडी भेगका कोशी गडतिरका गाउँहरुबाट हिउँदमा नदीमाथि बाँस बगाएर तराई झार्नेहरुको कथामा निर्माण भएको छोटो चलचित्र ‘द