‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स

views:-208

 

काठमाडौंँ । चर्चित गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् ।

 
गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । निकै तामझाम सहित रेष्टुरेन्टको माहोलमा तयार भिडियोमा प्रियंका र आकाशको नृत्य आकर्षक छ ।
उत्सव बिष्टको निर्माण र न्यु लक्ष्मी ज्वेलर्स युकेको निर्माण सहकार्य रहेको भिडियो गीतले १७ बर्षको उमेर युवतीले आफ्नो जोवन सम्हाल्नुपर्ने, यो समय अनेक खतराको सामना गर्नुपर्ने र त्यो सामाना गर्न नसके जीवनै संकटमा पर्ने सन्देश समेटेको छ ।


भिडियोले गीतको सुन्देशलाई सिगार्ने काम गरेको छ । रेष्टुरेन्टको महोलमा छायांकन भएको भिडियोमा एउटी युवतीलाई १७ बर्षको उमेरमा के कस्ता खतराको आएपर्छ भनजेर देखाइएको छ ।
गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ । 


भिडियो गायक बर्देवाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले दर्शक श्रोताले मनपराउने अपेक्षा आफुले गरेको गायक बर्देवाले बताए । आगामि दिनमा पनि यो भन्दा राम्रो गीतसंगीत दिने आफ्नो योजना रहेको उनले सुनाए ।

 

 

 

प्रतिकृया दिनुहोस

तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म 'चारदाम'को ४ पोस्टर सार्वजनिक

इटहरी/ हिन्दु नेपालिहरुको महान पर्व दशैंको अवसर पारेर फिल्म 'चारदाम'को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि,

समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत

  काठमाडौँ / इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत "शोक" सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ

छोटो चलचित्र ‘द जर्नी अफ डेथ’ को छायांकन सम्पन्न ,अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुने

उदयपुर,धनकुटा, भोजपुर र खोटाङका पहाडी भेगका कोशी गडतिरका गाउँहरुबाट हिउँदमा नदीमाथि बाँस बगाएर तराई झार्नेहरुको कथामा निर्माण भएको छोटो चलचित्र ‘द