रेखा र बादल फिचर्ड 'हेर्दा राम्रो सार्है राम्रो संखुवासभा' गीतको भिडियो सार्वजनिक

views:-364

इटहरी/ संखुवासभा जिल्लालाई म्युजिक भिडियोको माध्यमबाट चिनाउने उद्देश्य सहित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संखुवासभा सोसाइटी युके को लगानिमा बनेको 'हेर्दा राम्रो सार्है राम्रो संखुवासभा' बोलको उक्त म्युजिक भिडियो यहि शनिबार युट्युब मार्फत सार्बजनिक गरिएको हो । संखुवासभाको पर्यटकीय, धार्मिक, सास्कृतिक तथा ऎतिहासिक स्थललाई आकर्षक ढङ्गले गीत तथा भिडियो मार्फत चित्रण गर्न खोजिएको यो गीतका लेखक पुर्ण लिम्बुले जानकारी गराए । यहि श्रावण २७ गते युके र संखुवासभामा एकसाथ कार्यक्रम गरि म्युजिक भिडियोलाई कोशी भिजन नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । यो गीत तयार गर्नलाई नै लामो समय लागेको र छायांकनका बेला पनि निकै मेहनत गरेको उनको भनाइ छ । यो गीतमा सुनिएका स्वर र देखिएका कलाकारहरु सबै संखुवासभाकै रहेका छन् ।

गीतका लेखक लिम्बुसंग चर्चित गायिका मिलन नेवारले गायनमा साथ दिएकी छन् । गीतमा प्रेम कृष्ण बजगाईको संगीत तथा राजु कार्कीको एरेन्ज रहेको छ । किङ स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा रेखा फागो र बादल श्रेष्ठलाई फिचर्ड गरिएको छ । यस्तै मनिषा वानेम र साजन राई पनि भिडियोमा फिचर्ड छन् भने अतिथि कलाकारको रुपमा दिनेश कोइरालालाई भिडियोमा प्रस्तुत गरिएको छ । सुमन तामाङले निर्देशन तथा छायांकन गरेको भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन् । कोशी भिजन इटहरीमा पोस्ट प्रोडक्सन भएको भिडियोमा संखुवासभाको चैनपुरमा रहेको सिजल डान्स सेन्टरले कोरस डान्स गरेको छ ।

प्रतिकृया दिनुहोस

‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स

  काठमाडौंँ । चर्चित गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा

तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म 'चारदाम'को ४ पोस्टर सार्वजनिक

इटहरी/ हिन्दु नेपालिहरुको महान पर्व दशैंको अवसर पारेर फिल्म 'चारदाम'को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि,

समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत

  काठमाडौँ / इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत "शोक" सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ