छोटो चलचित्र ‘द जर्नी अफ डेथ’ को छायांकन सम्पन्न ,अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुने

views:-707

उदयपुर,धनकुटा, भोजपुर र खोटाङका पहाडी भेगका कोशी गडतिरका गाउँहरुबाट हिउँदमा नदीमाथि बाँस बगाएर तराई झार्नेहरुको कथामा निर्माण भएको छोटो चलचित्र ‘द जर्नी अफ डेथ’ को छायांकन सकिएको छ् । इटहरीमा विहिबार दसैं तिहारको शुभकामना आदान प्रदान कर्यक्रम गर्दै निर्माण टिमले  ‘द जर्नी अफ डेथ’ छायांकन सकिएको जानकारी दिएको छ् । 

 

चलचित्रमा कथा रितेश जङ पौडेल खत्रीको रहेको छ् भने निर्माण पनि उन्कै रहेको छ् । कार्यक्रममा बोल्दै उदयपुर,धनकुटा, भोजपुर र खोटाङका पहाडी भेगका युवाहरुको कोसीमा बाँसका चेफासँगै बग्दै-बग्दै नदीको एउटा जोखिमपूर्ण यात्राको कथा लाई ‘द जर्नी अफ डेथ’ मा जस्ताको तस्तै उतार्न कोशीस गरिएको निर्माता रितेश जङ पौडेल खत्रीले बताए । 

 

‘द जर्नी अफ डेथ’ मा पटकथा तथा निर्देशन  भीषण राइको रहेको छ् भने निर्माता रितेश जङ पौडेल खत्री, दिपा पोख्रेल र् बाल कलाकार कृष्टिणा पौडेलको अभिनय रहेको छ ।कार्यक्रममा बोल्दै निर्देशक भीषण राइले वास्तबिक घटनालाई पर्दामा उतार्ने प्रयास गरेको र् आफ्नो ज्यान जोखिममा राखेर कोशी हुँदै बाँस ढुवानी गरेर दक्षिणी तराईमा बेचिरहेका एक युवाको साहसिक नदी यात्रा, संघर्षको कथानै ‘द जर्नी अफ डेथ’ भएको निर्देशक राइले बताए । 

 

४ दिन लगाएर छायांकन गरिएको ‘द जर्नी अफ डेथ’ को २५ मिनेटको हुने र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाउने उद्देश्य सहित निर्माण गरिएको निर्माण टिमले जानकारी दिएको छ्  । हेमन योन्जन तामाङले चलचित्रलाई  खिचेका हुन् ।

प्रतिकृया दिनुहोस

‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स

  काठमाडौंँ । चर्चित गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा

तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म 'चारदाम'को ४ पोस्टर सार्वजनिक

इटहरी/ हिन्दु नेपालिहरुको महान पर्व दशैंको अवसर पारेर फिल्म 'चारदाम'को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि,

समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत

  काठमाडौँ / इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत "शोक" सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ