जोकोभिच र नाडालले एटिपी कप खेल्ने

views:-434

एजेन्सी । शीर्ष खेलाडीहरु नोभाक जोकोभिच र राफायल नाडालले एटिपी कप टेनिस प्रतियोगिता खेल्ने भएका छन् । अष्ट्रेलियाको मेलबर्नमा अर्को महिना हुने यो प्रतियोगितामा १२ देशले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष एकलतर्फको विश्व वरियतामा शीर्ष स्थानमा रहेका खेलाडीहरुको आधारमा १२ टोली छनोट गरिएको हो । अघिल्लो वर्ष २४ टोलीलाई सहभागी गराइए पनि यो वर्ष कोरोना भाइरस महामारीका कारण १२ देशले मात्र खेल्ने भएका छन् ।

प्रतियोगिता यही फेब्रुअरी १ देखि ५ सम्म मेलबर्नमा हुनेछ । प्रतियोगितामा साविक विजेता सर्वियन टोलीको नेतृत्व जोकोभिचले गर्नेछन् भने स्पेनको नेतृत्व नाडालले गर्नेछन् ।

प्रतियागितामा सहभागिता जनाउने अन्य देशमा अष्ट्रिया, रुस, ग्रिस, जर्मनी, अर्जेन्टिना, इटाली, जापान, फ्रान्स, क्यानाडा र अष्ट्रेलिया रहेका छन् ।

प्रतिकृया दिनुहोस

प्रिमियर लिगका आधा दर्जन खेल स्थगित, यस्तो छ कारण

काठमाडौं । बेलायतमा नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि फुटबल खेलहरु प्रभावित भएका छन् । नयाँ भाइरस देखिएयता इंग्लिस प्रिमियर लिगका झण्डै आधा

सन्दीप पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् । पीएसएलले मंगलबार

इटालियन सिरी ए फुटबलमा एसी मिलानको महत्वपूर्ण जित

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एसी मिलान विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा एसी मिलानले तोरिनोलाई २–० ले पराजित गरेको हो