साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

views:-424

२०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको  नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन साथीमार्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । राजधानीना आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको अवद्दतामा हस्ताक्षर गरेका हुन् । 
 
काठमाण्डौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै साथीमार्ट सुरुवातको १६ महिनामा सातै प्रदेशका सहरमा  ७ दर्जन बढी आउटलेट सन्चालन गर्दै काकरभित्ता देखि दार्चुला अनि जिरी देखि ढल्केबर पुग्न सफल भएको छ । 


 
साथीमार्टको एफिटिएट मार्केटिङ:
बेरोजगार तथा नेपालमै बसेर केहि गरौं भन्ने सोच भएका युवाहरुलाई लक्षित गरि साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एण्ड अर्न गर्ने गरि ’साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरी यहि वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ । जस अन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरि तीस प्रतिसत सम्म आम्दानी गर्न सकिन्छ ।


आईएसओ ९००१:२०१५ प्रमाणित कम्पनी  साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ ।

साथीमार्टको आधिकारिक वेबसाइट WWW.SAATHIMART.COM मा आफुलाई आवस्यक सामान रोजेर अर्डर गर्न सकिन्छ। हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा साथीमार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने साथीमार्टका सँस्थापक सिइओ पोख्रेल बताउँछन् ।

साथीमार्ट प्रशासन सबै मार्टमा यस आर्थिक बर्षमा ३०० प्रतिशत सम्मको बिक्री बढाउने योजनामा रहेको छ । बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुबिधा र अन्लाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ । 
 

साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल


मार्टमा सामान महँगो होला भन्ने अवधारणा हटाउदै ग्राहक आधार बलियो बनाउन साथीमार्ट सफल भएको छ । साथै मार्टले हालका लागि फ्रान्चाइज शुल्क र रोयल्टी नलिने रणनीति लिइ व्यापार बिस्तारमा जोड दिएको छ । त्यस्तै आउटलेटमा मेड इन नेपाल कलेक्सनलाई जोड दिइएको छ ।

पुराना एकल पसलको युग बिश्वब्यापी रुपमानै समाप्त हुँदै गएको भन्दै नेपालमा पनि चेन सुपरमार्केट सुरु हुने भएको र नेपालमा पनि ९० प्रतिशत भन्दा बढी ईन्टरनेट प्रगयोगगर्ता भइसकेको अबस्थामा डिजिटल मार्टको युग सुरु हुने साथीमार्टले बिश्वास लिएको छ। साथीमार्टको यसै बर्ष थप २ सय र ३ बर्षमा नेपाल भर हजार आउटलेट खोल्ने लक्ष्य रहेको छ ।

प्रतिकृया दिनुहोस

विराटनगर जेसीजको ५० औं पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

बर्ष २०२१ का अध्यक्ष प्रदिप दाहाल निर्वाचन आयुक्त रहेको निर्वाचन समितीबाट संचालित  निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अविनास थापा अध्यक्षमा

 मानव अधिकार तथा शान्ति समाज सुनसरीमा नयाँ कार्यसमिती चयन 

इटहरी । मानव अधिकार तथा शान्ति समाज सुनसरीको सभापतिमा डा. विकास साह चयन भएका छन् । शनिबार समाजको २५ औँ जिल्ला साधारण सभाबाट डा. साहको नेतृत्वमा नयाँ

काँग्रेस नेता प्रसाईद्धारा प्रेस युनियन सुनसरीलाई जग्गा प्रदान, चाँडै भवन बन्ने

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली काँग्रेसका नेता रोहित प्रसाईँले जग्गा दिएका छन् । इटहरी निवासी प्रसाईले सोमबार ९आज०