मानव अधिकार तथा शान्ति समाज सुनसरीमा नयाँ कार्यसमिती चयन 

views:-272

इटहरी । मानव अधिकार तथा शान्ति समाज सुनसरीको सभापतिमा डा. विकास साह चयन भएका छन् । शनिबार समाजको २५ औँ जिल्ला साधारण सभाबाट डा. साहको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरिएको हो । 
नवगठित कार्य समितीको उपसभापतिमा रोबनराज कार्की, सचिवमा ओमप्रसाद गौतम, सहसचिवमा मोहनप्रसाद बञ्जारा र कोषाध्यक्षमा राकेशकुमार दास चयन गरिएको उपसभापति रोबनराज कार्कीले जानकारी दिए । यस्तै, सदस्यहरूमा मात्रिकाप्रसाद भट्टराई, निर्मला कट्टेल, शुभद्रा संग्रौला, डा. कादिर आलम, बलराम पन्त र अम्बिका देवी श्रेष्ठ चयन भएका छन् । 
नवगठित कार्यसमितीले विगतका राम्रा कामलाई निरन्तरता दिँदै नयाँ योजना थप गर्दै लैजाने उपसभापति रोबनराज कार्कीले बताए । समाजमा शान्ति स्थापनार्थ विभिन्न कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने उनले जानकारी दिए ।
डा. आनन्द आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सीताराम कोइरालाको सभाध्यक्षमा सम्पन्न भएको थियो ।
 

प्रतिकृया दिनुहोस

विराटनगर जेसीजको ५० औं पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

बर्ष २०२१ का अध्यक्ष प्रदिप दाहाल निर्वाचन आयुक्त रहेको निर्वाचन समितीबाट संचालित  निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अविनास थापा अध्यक्षमा

काँग्रेस नेता प्रसाईद्धारा प्रेस युनियन सुनसरीलाई जग्गा प्रदान, चाँडै भवन बन्ने

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली काँग्रेसका नेता रोहित प्रसाईँले जग्गा दिएका छन् । इटहरी निवासी प्रसाईले सोमबार ९आज०

साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

२०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको  नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन साथीमार्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका