विराटनगर जेसीजको ५० औं पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

views:-221

बर्ष २०२१ का अध्यक्ष प्रदिप दाहाल निर्वाचन आयुक्त रहेको निर्वाचन समितीबाट संचालित  निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अविनास थापा अध्यक्षमा त्यस्तै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा तुलसी निरौला, कार्यकारिणी उपाध्यक्षमा सुभाष भण्डारी  र रन्जन कुमार शाही, तालिम निर्देशकमा शिव शंकर मण्डल, उपाध्यक्षमा पप्पु अन्सारी, प्रशान्त घिमिरे, सृजना थापा, निरज ढकाल  र जनसम्पर्क अधिकारीमा अमित कर्ण निर्वाचित भएका निर्वाचित भएका थिए भने अध्यक्षले कार्यसमितिमा विभिन्न पदहरुमा नियुक्ति गर्दै बोर्डलाई पुर्णता दिएका थिए । साथै बर्ष २०२२ का अध्यक्ष देवचन्द्र घिमिरेले निर्वाचित अध्यक्ष अभिनास थापालाइ सपथ गराउनु भएको थियो भने निर्वाचित अध्यक्ष थापाले आफ्नो बोर्ड तथा मनोनित पदाधिकारीलाई सपथ गराउनु भएको थियो । यसरी नियुक्त हुनेहरुमा महासचिवमा अमित कर्ण , कानुनी सल्लाहकारमा बिकास रौनियार , कोषाध्यक्षमा कबिराज  दाहाल र सह सचिवमा प्रतीक्षा न्यौपाने मनोनित भएर १५ सदस्यीय बोर्डले पुर्णता पाएको छ । 

त्यस्तै अन्य विभिन्न समितीहरुमा पनि अध्यक्षले नियुक्त गरेका छन जसमा जुनियर जेसीज कोअर्डिनेटर रमेश अधिकारी , तालिम स्कुल सयोजक प्रबेश दुलाल ,शाखा सम्पादक प्रीतेशराज दाहाल ,थिम डाइरेक्टर अभिषेक भट्टराई , स्टार्टअप सयोजक अभिषेक गौतम ,आर्थिक वृद्धि सयोजक राजन नेपाल ,सदस्य वृद्धि सयोजक पंकज सापकोटा , मातृशाखा समन्वय सयोजक अन्कित थापा ,मिलाप कर्ण सुचना प्रबिधी , एरिया ए कन्फरेन्स सचिवालय सदस्य राजन पराजुली ,महिला शसक्तिकरण सयोजक दिपा साह ,अन्तर शाखा समन्वय सयोजक आर के मण्डल ,खेलकुद सयोजक मुकेश यादब रहेका छन । त्यस्तै पदस्थापन कार्यक्रममा बर्षभरी उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्यहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा उत्कृष्ट जेसीज सद्स्यबाट अमित अग्रवाल , लक्षमी स्मृति उत्कृष्ट शाखा पदाधिकारीबाट सुभाष भण्डारी ,धनगङ्गा अवार्ड बाट रन्जन कुमार शाही ,उत्कृष्ट अब्जर्भर बाट जिना शर्मा निभा अवार्डबाट प्रतीक्षा न्यौपाने पुरस्कृत भए । त्यस्तै निवर्तमान अध्यक्ष प्रदिप दाहाललाई आजिवन सदस्यका रुपमा सम्मानित गरिएको थियो । 

 

 

त्यस्तै क्षेत्र क बाट नेपाल जेसीजमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पदाधिकारीहरुलाइ सम्मानित गरिएको थियो जसमा राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य ,वीर बाहादुर बेघा , भिम कुवर , राष्ट्रिय महासचिव अमिश ढकाल र राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कुमार सिह सावाँ लाई सम्मान गरिएको थियो । त्यसैगरी आफ्ना सस्थापक अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठको सम्झनामा उहाँ प्रति समर्पित भिडियो प्रदशन गरिएको थियो भने राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वी नारायण शाह को सम्झना गर्दै निर्माण गरिएको दृश्य चित्र प्रस्तुत गरिएको थियो । 

 

 

बिशिस्ट अतिथी बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले युवाहरुको सस्था सग सहकार्य गर्दै अघि बढ्न आफू तयार रहेको बताउनु भयो। त्यस्तै नेपाल जेसिजका पुर्व अध्यक्ष फुलकुमार लालवानीले ५० बर्षको इतिहास पूरा गर्न सफल बिराटनगर जेसिजले आगामी दिनमा गर्न पर्ने कामको लागि शुभकामना दिदै सफलताको कामना गर्नु भयो । त्यस्तै पुर्व अध्यक्ष श्यामसुन्दर पौडेल मिलनले बिराटनगर जेसिजले आफ्नो ५० औ बर्षको पदस्थापन कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न गइरहेको मा शुभकामना ब्यक्त गर्दै आगामी दिनमा गर्न सक्ने कामको झलक प्रस्तुत गरेकोले पनि आगामी कार्यकाल सफल हुने बिचार ब्यक्त गर्नु भयो । 

त्यस्तै नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष बिकास मानन्धरले बिराटनगर जेसिज पुरानो शाखा मध्ये एक भएकाले र यसको आफ्नै गौरवमय स्थान रहेकाले यसले गर्ने हरेक गतिविधि देशभरीका अन्य शाखाका लागि समेत महत्त्वपूर्ण हुने हुँदा अबिनास थापाको नेतृत्वले पक्कै पनि राम्रो काम गरेर देखाउने मा आफू बिश्वस्त रहेको बताउनु भयो । नेपाल जेसिजले सदैव सहयोग र समर्थन गर्ने समेत जानकारी दिदै आगामी दिनमा अझ ससक्त भएर बिराटनगर जेसिज अघि बढ्ने बिश्वास ब्यक्त गर्नु भयो । 

 

 

 

सपथ पश्चात् अध्यक्ष थापाले ५० औ बर्ष आफैमा एउटा इतिहास रहेको र यो इतिहासलाइ अर्को ५० बर्षको पुस्ताले समेत गर्व गर्न सक्ने बनाउन आफू लागीपर्ने बताउदै ,यसै बर्ष एरिया ए सम्मेलन समेत रहेको र राष्ट्रिय अध्यक्षमा उम्मेदवारी समेत रहने हुदाँ एकदमै महत्वपूर्ण बर्षमा आफू अध्यक्ष बनेका कारण विराटनगर जेसिजको गरिमालाई उच्च राख्नका लागि कुनै कसर बाकी नराख्ने , बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्नु भएको काम सरणिय रहेका कारण यसमा सदैव बिराटनगर जेसिजको साथ रहने , नेपाल जेसिजका हरेक गतिविधिमा बिराटनगरको सहभागिता रहने र सबैलाइ सगै मिलाएर अघि बढ्ने र नव युवाहरुलाइ समेत जेसिजमा आकर्षण गर्न कामहरु गर्ने बताउनु भयो ।   ।’

त्यस्तै विराटनगर जेसीज बर्ष २०२२का अध्यक्ष  देवचन्द्र   पदस्थापना कार्यक्रममा पाल्ने सम्पूर्ण महानुभाव प्रती आभार ब्यक्त गर्दै आफ्नो कार्यकालका बोर्ड पदाधिकारी , सदस्य पुर्व अध्यक्ष ,विभिन्न शाखाका अध्यक्ष हरुलाइ मायाको चिनो प्रदान गर्दै कार्यकालमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिनुभयो । 

कार्यक्रम नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर बिकास मानन्धर, बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला , नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनि बस्नेत , कुमार सिह सावाँ राष्ट्रिय महासचिव अमिश ढकाल  , राष्ट्रिय उपाध्यक्ष गुरुदेव पौडेल  , भिम कुवर , वीर बहादुर बेघा लगायत राष्ट्रिय पदाधिकारीहरु , विभिन्न शाखाका अध्यक्ष तथा पदाधिकारी , समाजका बिशिस्ट ब्यक्तित्व लगायत बिराटनगर जेसिज परिवारको सहभागीतामा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।।

प्रतिकृया दिनुहोस

 मानव अधिकार तथा शान्ति समाज सुनसरीमा नयाँ कार्यसमिती चयन 

इटहरी । मानव अधिकार तथा शान्ति समाज सुनसरीको सभापतिमा डा. विकास साह चयन भएका छन् । शनिबार समाजको २५ औँ जिल्ला साधारण सभाबाट डा. साहको नेतृत्वमा नयाँ

काँग्रेस नेता प्रसाईद्धारा प्रेस युनियन सुनसरीलाई जग्गा प्रदान, चाँडै भवन बन्ने

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली काँग्रेसका नेता रोहित प्रसाईँले जग्गा दिएका छन् । इटहरी निवासी प्रसाईले सोमबार ९आज०

साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

२०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको  नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन साथीमार्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका