इटहरीमा ३४ सहित प्रदेश १ मा १,४६५ संक्रमणमुक्त, ५०७ संक्रमित थपिए

views:-433

विराटनगर, २६ जेठ । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६५, झापामा १३२, मोरङमा ११९,  पाँचथरमा ५४, इलाममा ८,  धनकुटामा ६, ते¥हथुममा ४, भोजपुर र उदयपुरमा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

सुनसरीको इनरुवामा ६२, धरानमा ३७, इटहरीमा ३४, देवानगञ्जमा १४, दुहवीमा ७, बराहक्षेत्रमा ६, रामधुनीमा ३, गढी र कोशी गाउँपालिकामा १–१, झापाको दमकमा ३७,  भद्रपुरमा २२, विर्तामोडमा २०, अर्जुनधारामा १२, कनकाई र शिवसताक्षीमा ८–८, बा¥हदशीमा ७, गौरीगञ्जमा ५, मेचीनगर, बुद्धशान्ति र कचनकवलमा ३–३,कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १६, बेलबारी र बुढीगंगामा ७–७, कटहरी र सुन्दरहरैचामा ४–४, केराबारी र रंगेलीमा ३–३, कानेपोखरी र धनपालथानमा २–२, रतुवामाई, सुनबर्षी, जहदा, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि फिदिममा ५१, हिलिहाङमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका, रोङ र स्थानीय तह नखुलेका २–२, सुर्योदय र माईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथरमा २ र स्थानीय तह नखुलेका १, ते¥हथुमको म्याङलुङमा ३ र आठराईमा १ , भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २,  उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६३ हजार ८२० पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ५८१ रहेको छ ।  प्रदेश १ मा आज १ हजार ६५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२४ पुरुष र २८३ जना महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस

अबको शिक्षा जिवन उपयोगी सिपमा आधारित : बेबिलोन सगरमाथा कलेज

इटहरी । इटहरीको बेबिलोन सगरमाथा कलेजले सिपमा आधारीत शिक्षण पद्दतिबाट पढाई सञ्चालन गर्ने भएको छ । यस बर्षको नयाँ शैक्षिक सत्र बाट विद्यार्थीको सिपमा

इटहरीको चिजन्स प्यालेस स्कुलले गर्यो एक नौलो शैक्षिक प्रदर्शनी

इटहरी/ सुनसरीको इटहरी ९ बसपार्कमा रहेको चिजन प्यालेस स्कुलले आईतबार (आज) शैक्षिक प्रदर्शनी गरेको छ। स्कुलमा अध्ययनरत बिद्यार्थीले पढाई एवं सिकाईका

इटहरीमा मंगलबार र बुधबार भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

२१ असार, इटहरी । इटहरी उपमहानगरपालिकामा मंगलबार र बुधबार कोरोना भाइरसविरुद्धको चिनयाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ । गत जेठ २५, २६ र २७ गते