इटहरीमा मंगलबार र बुधबार भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

views:-424

२१ असार, इटहरी । इटहरी उपमहानगरपालिकामा मंगलबार र बुधबार कोरोना भाइरसविरुद्धको चिनयाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ ।

गत जेठ २५, २६ र २७ गते पहिलो डोज खोप लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सुनसरी जिल्लाभर दोस्रो डोज लगाउने कार्यक्रम अनुासर उपमहानगरमा पनि लगाउन लागिएको हो । 

खोपका लागि उपमहानगरापालिकाले तीनवटा केन्द्र तोकेको छ । इटहरी अस्पताल, हाँसपोसा स्वास्थ्य चौकी र खनार चौकीबाट बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खोप सेवा उपलब्ध हुनेछ । 

दोस्रो डोज खोप लगाउनका लागि पहिलो डोज लगाउँदाको खोप कार्ड अनिवार्य गरिएको उपमहानगरले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

अबको शिक्षा जिवन उपयोगी सिपमा आधारित : बेबिलोन सगरमाथा कलेज

इटहरी । इटहरीको बेबिलोन सगरमाथा कलेजले सिपमा आधारीत शिक्षण पद्दतिबाट पढाई सञ्चालन गर्ने भएको छ । यस बर्षको नयाँ शैक्षिक सत्र बाट विद्यार्थीको सिपमा

इटहरीको चिजन्स प्यालेस स्कुलले गर्यो एक नौलो शैक्षिक प्रदर्शनी

इटहरी/ सुनसरीको इटहरी ९ बसपार्कमा रहेको चिजन प्यालेस स्कुलले आईतबार (आज) शैक्षिक प्रदर्शनी गरेको छ। स्कुलमा अध्ययनरत बिद्यार्थीले पढाई एवं सिकाईका

प्रदेश १ माआज ६२३ संक्रमणमुक्त, ३५९ संक्रमितथपिए

विराटनगर, २१ असार ।प्रदेश १ माआज ६२३ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त