इटहरीको चिजन्स प्यालेस स्कुलले गर्यो एक नौलो शैक्षिक प्रदर्शनी

views:-259

इटहरी/ सुनसरीको इटहरी ९ बसपार्कमा रहेको चिजन प्यालेस स्कुलले आईतबार (आज) शैक्षिक प्रदर्शनी गरेको छ। स्कुलमा अध्ययनरत बिद्यार्थीले पढाई एवं सिकाईका क्रममा निर्माण गरेका बिषयगत सामाग्रीहरु प्रदर्शनीमा राखिएको हो।

प्रदशर्नीमा बिज्ञान गणित एवं सामाजिक बिषयका बिधागत सामग्रीहरु राखिएको थियो। बिद्यार्थीले स्कुलमा के पढे ? कसरी पढे ? पढ्दा कसरी सिके ? र सिकेका कुरा ब्यवहारमा कसरी उतारिरहेका छन् भन्ने बिषय प्रदर्शनीमा राखिएको थियो।बिद्यार्थीले स्कुलमा के सिकिरहेको छ भन्ने देखाउने उद्देश्यले कार्यक्रम गरिएको स्कुलकी प्रिन्सिपल ग्रेस आचार्यले बताउनुभयो। उहाँले अवको बच्चा जागिर खाने हैन जागिर दिने बनोस भन्ने चाहना स्कुलको रहेको बताउनुभयो।

दिल्लि पब्लिक स्कुलको सहकार्यमा सञ्चालित चिजन प्यालेस स्कुलमा आज राखिएको शैक्षिक प्रदशर्नीको उद्देश्य बिद्यार्थीले के कसरी सिकिरहेको छ भन्ने देखाउनु रहेको स्कुल प्रशासनको भनाई छ।मार्कशिट हेरेर यति नम्बर ल्याएछ भन्ने हैन मेरो बच्चा यस्ता कुरामा यत्ति जान्ने भएछ भन्ने देखाउनलाई पनि शैक्षिक प्रदर्शनी राखिएको प्रिन्सिपल आचार्यको भनाई छ।

शैक्षिक प्रदर्शनी हेर्न आएका अभिभावकलाई स्कुलमा सशुल्क खाजाको ब्यवस्था गरेको र सो खाजाको पैसामा स्कुलले थपेर सामाजिक कार्यमा लगाउने भन्दै स्कुलका निर्देशक हरि आचार्यले बिद्यार्थीलाई कितावी ज्ञान सँगै सामाजिक सेवा पनि सिकाउन स्कुल लागिरहेको बताउनुभयो।प्रदर्शनीका क्रममा स्कुलले बिद्यार्थीले नै डिजाईन गरेका खेलहरु खेल्ने ब्यवस्था मिलाएको थियो। बिद्यार्थीलाई ग्याजेटबाट बचाउन खेल नै डिजाईन गर्न सक्ने स्कुलले बनाएको छ।प्रदशर्नीमा पुराना कुराहरु देखाउन जाँतो, ओखल, ठेकी, मदानी, ओदानलगायतका सामाग्री पनि राखिएको थियो।

 

प्रतिकृया दिनुहोस

अबको शिक्षा जिवन उपयोगी सिपमा आधारित : बेबिलोन सगरमाथा कलेज

इटहरी । इटहरीको बेबिलोन सगरमाथा कलेजले सिपमा आधारीत शिक्षण पद्दतिबाट पढाई सञ्चालन गर्ने भएको छ । यस बर्षको नयाँ शैक्षिक सत्र बाट विद्यार्थीको सिपमा

इटहरीमा मंगलबार र बुधबार भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

२१ असार, इटहरी । इटहरी उपमहानगरपालिकामा मंगलबार र बुधबार कोरोना भाइरसविरुद्धको चिनयाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ । गत जेठ २५, २६ र २७ गते

प्रदेश १ माआज ६२३ संक्रमणमुक्त, ३५९ संक्रमितथपिए

विराटनगर, २१ असार ।प्रदेश १ माआज ६२३ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त