किसान कल्याण साकोस युवा क्लबको वक्तृत्वकला सम्पन्न

views:-502

रविन राउत / युवाहरुमा सहकारी भावनाको विकास गर्न किसान कल्याण साकोसले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । किसान कल्याण साकोसले विभिन्न शहरहरुमा साकोसको युवा क्लब गठन गरेको छ । 
किसान कल्याण साकोस युवा क्लब खनारको अगुवाईमा गरिबी न्यूनिकरणमा सहकारीको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । 
साकासको खनार सेवाकेन्द्रको कार्यक्षेत्र भित्रका ९ वटा विद्यालयका १६ जना छात्रछात्राहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा सरस्वती सतन मा. वि.का प्रेम खत्री प्रथम भएका छन् । यस्तै खनार सनसाइन एकेडेमीका शुभाङ्ग लुइटेल द्वित्तीय, न्यु एरा एकेडेमी कि एनुका पोखरेल तृतीय र साई चिल्ड्रेन होमका आकाश पराजुली सान्त्वना भएकी थिईन । 
प्रतियोगिताका विजेताहरुलाई इटहरी वडा नम्बर १२का वडा अध्यक्ष भुवनराज पोखरेलले  शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
संस्थाले युवा सेयर सदस्यहरुलाई सहकारीमा सकृय बनाउने उदेश्यले सबै सेवाकेन्द्रहरूमा युवा क्लब गठन गरि सृजनात्मक कार्यक्रमहरु गर्ने गरेको किसान कल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए । 

 

प्रतिकृया दिनुहोस

प्रितम अचार्यको “एक दिन ” बोलको गीत सार्बजनिक

इटहरी आर्टस एण्ड फाउन्डेसनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरुलाई लिएर ‘एक दिन’ बोलको गीत तुलसी घिमिरे अफिसियल युटुब

मिस एसइई इटहरीको फारम खुल्यो, तेस्रो संस्करण हुँदै

इटहरीमा मिस एसइई इटहरीको तेस्रो संस्करण हुने भएको छ् । एसइई दिएर बसेका विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तिव विकास, पब्लिक स्पिकीङ, र्‍याम्प वाक, तथा

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीको १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार