इनरुवामा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुँदै

views:-1119

 

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १को आयोजना तथा इनरुवा नगरपालिकाको संयोजनमा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानले आज इटहरीमा भएको पत्रकार सम्मेलनमा बोल्दै यस बारेमा जानकारी दिएका छन ।

 

महोत्सवमा इनरुवाको नाम उच्च राख्ने शिक्षा,स्वास्थ्य ,खेलकुद,चलचित्र,पत्रकारिता लगायतका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान , चलचित्र प्रदर्शनी र सास्कृतिक कार्यक्रम ,पुस्तक विमोचन , बेबी फेन्सी ड्रेस प्रतियोगिता ,साहित्य सम्मेलन ,उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता , विद्यालय स्तरीय नृत्य प्रतियोगिता नेता भर्सेज अभिनेता फुटवल खेल आयोजना हुने पनि अध्यक्ष प्रधानले बताए ।

 

 

प्रदेश नम्बर १ को नाम उच्च राख्न योगदान पुर्याउने चलचित्र क्षेत्रका व्यक्तित्वहरुलाई प्रदेश १ तारा भनेर सम्मान गर्ने समेत अध्यक्ष प्रधानले वताए । कार्यक्रममा सहभागी अतिथीहरुलाई बराहक्षेत्र नगरपालिका क्षेत्रमा पर्ने प्रस्तावित फिल्मीसिटीको भ्रमण गराउने कार्यक्रम समेत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ सचिव दिनेश कोइराला , महोत्सव समितिका सदस्य शंकर महाजु , फिल्म निर्देशक भिषण राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न” उपहार योजनाको दोस्रो चरणको लक्की–ड्र इटहरीमा सम्पन्न

नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली

‘सम्मान मिस लिम्बु २०७९’ को प्रदेश १ को लागी धरान अडिशन सम्पन्न

सम्मान मिस लिम्बु २०७९ मा प्रदेश १ बाट १४ जना छानिए ‘सम्मान मिस लिम्बु २०७९’ को प्रदेश १ को लागी धरान अडिशन शनिबार सम्पन्न भएकोछ । धरान १० स्थित चौठो

प्रदेश १ मा वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को लागि एक्टिभेशन सफलता पुर्बक सम्पन्न

जुन १०, २०२२ नेपालको पुर्वेली क्षेत्रमा भद्रपूर, कांकडभिट्टा, फिक्कल, धरान, विराटनगर लगायत विभिन्न शहरमा वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ बारे