प्रदेश १ मा वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को लागि एक्टिभेशन सफलता पुर्बक सम्पन्न

views:-254

जुन १०, २०२२ नेपालको पुर्वेली क्षेत्रमा भद्रपूर, कांकडभिट्टा, फिक्कल, धरान, विराटनगर लगायत विभिन्न शहरमा वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ बारे जानकारी साझा गर्नको निम्ति विधालयहरूमा एक्टिभेशन कार्यक्रम भईरहेको छ । यस कार्यक्रम मार्फत बिभिन्न विधालय र ८०००+ किशोर किशोरीहरूलाई वाई वाइ ग्लोकल टिन हिरोको बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रमको जानकारी सातै प्रदेशमा साझा गर्ने लक्ष्य लिएर अगाडि बढीरहेको कुरा आयोजकहरुले जानकारी दिनुभएको थियो । ‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ । वाई वाई ग्लोकल टीन हीरो नेपाल को आठौंैं संस्करणकालागि आवेदन खुलेको छ ।

प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal मार्फत निशुल्क आबेदन भर्न सक्ने छन । यसबाहेक, तपाईंहरुले चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सक्नु हुनेछ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ ।

प्रतिकृया दिनुहोस

इनरुवामा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुँदै

  नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १को आयोजना तथा इनरुवा नगरपालिकाको संयोजनमा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने भएको छ । नेपाल

शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न” उपहार योजनाको दोस्रो चरणको लक्की–ड्र इटहरीमा सम्पन्न

नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली

‘सम्मान मिस लिम्बु २०७९’ को प्रदेश १ को लागी धरान अडिशन सम्पन्न

सम्मान मिस लिम्बु २०७९ मा प्रदेश १ बाट १४ जना छानिए ‘सम्मान मिस लिम्बु २०७९’ को प्रदेश १ को लागी धरान अडिशन शनिबार सम्पन्न भएकोछ । धरान १० स्थित चौठो