तराईमा हुस्सु र कुहिरो

views:-669

जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान गरेको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ । तर तराई र पहाडका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ । दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यसैगरी राति प्रदेश १ मा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । यसैबिच चिसो रहिरहने तथा तराई र पहाडि भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो ‘केटी’

चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको बच्चा ‘केटी’ मृत अवस्थामा भेटिएको छ।  नवलपरको कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती