नेपाल डीभीएम डान्सिङ एण्ड सिङ्गिङ स्टार प्रतियोगितामा इशा लिम्बु र प्राप्ति पोख्रेल विजयी

views:-297

नेपाल डीभीएम डान्सिङ एण्ड सिङ्गिङ स्टार प्रतियोगिताअन्तर्गत नृत्य तथा गायन विधामा क्रमशः इशा लिम्बु र प्राप्ति पोख्रेल विजेता भएका छन् ।

नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमीले गरेको उक्त कार्यक्रममा नृत्यतर्फ विभुति कट्वाल दोस्रो र सुम्निमा लिम्बु तेस्रो भएका छन् भने गायनतर्फ शिक्षा पोख्रेल दोस्रो र आयुष्का रेग्मी तेस्रो भएकी छिन् ।

 

विद्यार्थीहरुको चौतर्फी विकासका लागि कार्यक्रम आयोजना गरिएको प्राचार्य डा. बेणुप्रसाद सिटौलाले बताएका छन् । विद्यालयले नृत्य र गायनबाहेक पाक शिक्षा, योग शिक्षा, शारीरिक स्फुर्तिका लागि तालिम तथा प्रतियोगिताहरु गर्दै आएको विद्यालयका सह–प्राचार्य नारायण सुबेदीले जानकारी दिएका छन् ।

वैदिक दर्शन र पुर्वीय मूल्य, मान्यतालाई आत्मसाथ गरेको विद्यालयमा सनातन देखि चली आएका संस्कार संस्कृतीहरु लाई बालबालिकासम्म पुर्याउने काम गरिँदै आएको प्रबन्ध संचालक राजेश खनालले जानकारी दिएका छन् ।

 

बङ्गलादेशमा ग्लोबल चेन्ज मेकर्सको उपाधि सहित पुरुष्कृत भएका विद्यालयका प्राचार्य डा. बेणुप्रसाद सिटौलालाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो । कार्यक्रम विद्यालयका संचालक समिति अध्यक्ष ध्रुव कुमार सुब्बाको सभापतित्वमा गरिएको थियो ।

प्रतिकृया दिनुहोस

प्रितम अचार्यको “एक दिन ” बोलको गीत सार्बजनिक

इटहरी आर्टस एण्ड फाउन्डेसनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरुलाई लिएर ‘एक दिन’ बोलको गीत तुलसी घिमिरे अफिसियल युटुब

मिस एसइई इटहरीको फारम खुल्यो, तेस्रो संस्करण हुँदै

इटहरीमा मिस एसइई इटहरीको तेस्रो संस्करण हुने भएको छ् । एसइई दिएर बसेका विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तिव विकास, पब्लिक स्पिकीङ, र्‍याम्प वाक, तथा

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीको १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार