मेरिट एजुकेशनको विशेष सेमिनार सम्पन्न

views:-493

इटहरी । फिनल्याण्ड अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई जानकारी दिन आयोजना गरिएको  विशेष सेमिनार सम्पन्न भएको छ । मेरिट एजुकेशन इटहरीले  आज इटहरीमा आयोजना गरेको सेमिनारमा  विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । 
 फिनल्याण्ड सरकारले अध्ययनका लागि आउने विद्यार्थीका लागि नयाँ अफर ल्याएको सन्र्दभमा मेरिट एजुकेशनले अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले  सेमिनार आयोजना गरेको हो । 
 सेमिनारमा सहभागी हुन आएका विद्यार्थीहरुलाई मेरिटका एजुकेशन काउन्सिलर प्रमेश भट्टराईले फिनल्याण्डको शैक्षिक अवस्था, कानुनी प्रकृया, त्यहाँ काम पाउने अवस्था र भोली पि आर का लागि गरिने प्रकृयाको बारेमा जानकारी दिएका थिए ।
अध्ययन गर्न आयल्स र पि टि ई आवश्यक नहुने, पढाईको लामो ग्याप, उतिर्ण प्रतिशतमा ध्यान नदिईने, भिषा सहज प्राप्त हुने र पछि पि आर पाउन पनि सजिलो हुने भएकाले फिनल्याण्ड प्रति विद्यार्थीको आकर्षण बढेको छ । सेमिनारमा करिव १ सय ५० बढि विद्यार्थीको सहभागीता रहेको थियो । सहभागी विद्यार्थीहरुले सेमिनारमा अन्य आवश्यक जानकारी पनि लिएका थिए । 
केही विद्यार्थीहरुले अध्ययनका लागि प्रकृया सुरु गर्न रजिष्टर पनि गरेको मेरिट एजुकेशन इटहरीले जानकारी दिएको छ ।।

प्रतिकृया दिनुहोस

प्रितम अचार्यको “एक दिन ” बोलको गीत सार्बजनिक

इटहरी आर्टस एण्ड फाउन्डेसनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरुलाई लिएर ‘एक दिन’ बोलको गीत तुलसी घिमिरे अफिसियल युटुब

मिस एसइई इटहरीको फारम खुल्यो, तेस्रो संस्करण हुँदै

इटहरीमा मिस एसइई इटहरीको तेस्रो संस्करण हुने भएको छ् । एसइई दिएर बसेका विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तिव विकास, पब्लिक स्पिकीङ, र्‍याम्प वाक, तथा

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीको १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार