किसान कल्याण सहकारी प्रदेश १ कै उत्कृष्ठ घोषित इटहरी

views:-206

इटहरीमा सञ्चालनमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था प्रदेश १ कै उत्कृष्ठ सहकारी घोषित भएको छ । प्रदेश १मा सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरु मध्येबाट किसान कल्याण उत्कृष्ठ सहकारी घोषित भएको हो । गत पुस १६ गते राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औँ बार्षिक साधारण सभाको अवसरमा किसान कल्याण सहकारीलाई उत्कृष्ठ सहकारी घोषणा गरिएको हो । बैंकका सदस्य संस्थाहरु मध्येबाट कारोबारको आधारमा उत्कृष्ठ सहकारी छनौट गरिएको राष्ट्रिय सहकारी बैंकले जनाएको छ ।

उत्कष्ठ घोषित सहकारीलाई राष्ट्रिय सहकारी बैंको स्थापना दिवसको अवसरमा आयोजना गरिने विशेष कार्यक्रममा पुरस्कृत गरिने जनाईएको छ । इटहरी उपमहानगरपालिकामा मुख्य कार्यालय रहेको किसान कल्याण सहकारी २७ बर्ष पुरानो र स्थापित संस्था हो । संस्थाले सुनसरी जिल्लाका विभिन्न ८ स्थानका सेवाा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । सुनसरी जिल्लामै सबैभन्दा धेरै १९ हजार शेयर सदस्य रहेको संस्थाको रुपमा स्थापित रहेको छ । यस सहकारी संस्थाको १ अर्ब ११ करोडको कुल सम्पती रहेको संस्थाका प्रमुख कार्यकारी अधिृकत पुष्कर बस्नेतले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

प्रितम अचार्यको “एक दिन ” बोलको गीत सार्बजनिक

इटहरी आर्टस एण्ड फाउन्डेसनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरुलाई लिएर ‘एक दिन’ बोलको गीत तुलसी घिमिरे अफिसियल युटुब

मिस एसइई इटहरीको फारम खुल्यो, तेस्रो संस्करण हुँदै

इटहरीमा मिस एसइई इटहरीको तेस्रो संस्करण हुने भएको छ् । एसइई दिएर बसेका विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तिव विकास, पब्लिक स्पिकीङ, र्‍याम्प वाक, तथा

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीको १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार