जब इटहरी बजारमा हात हल्लाउँदै निस्किए चलचित्र “तिम्रो मेरो साथ” का कलाकार हरु

views:-217

नेपाली चलचित्र तिम्रो मेरो साथको निर्माणटोली तथा कलाकारहरु इटहरी आइपुगेका छन् । चलचित्र प्रचारप्रसारको क्रममा उनीहरु आज इटहरी आइपुगेका हुन् । पत्रकार सम्मेलनमा पुग्न अघी २५ ओटा सिटि सफारी र गाडी बाइक हरुमा ब्यानर राखी , कलाकार हरु गाडीमा बसेर इटहरी परिक्रमा गरेका थिए । परिक्रमाका क्रममा चौक र सडकमा रहेका दर्शकलाइ हात हल्लाउँदै अभिवादन गरेर , फिल्म हेर्न निम्तो दिएका थिए ।

अगामी पुस २९ गते नेपाल सहित विभिन्न देशहरुमा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र “तिम्रो मेरो साथ”का निर्देशक तथा निर्माता रमेश पौडेल, कलाकारहरु सन्दिप क्षेत्री, पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह सहितको टोलीले , इटहरीमा पत्रकार सम्मेलन गर्दै चलचित्रबारे जानकारी दिएका छन । चलचित्र प्रेम कथामा आधारित थ्रीलर मुभि रहेको चलचित्रका निर्देशक पौडेलले बताए ।

लामो समय सञ्चार जगतमा रहेर काम गरेका पौडेल चलचित्रको निर्माता समेत हुन् । धेरै चलचित्र निर्माण गरिसकेका पौडेलले यही चलचित्र मार्फत निर्देशन पक्षमा समेत हात हालेका छन् । चलचित्रमा हास्यकलाकार, अभिनेता तथा सञ्चारकर्मी सन्दिप क्षेत्री सहित पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल, खड्ग बहादुर पुन(खबपु) लगायतको कलाकारहरुको अभिनय रहेको छ । चलचित्र पुस २९ गते नेपालभर साथै अमेरिकामा ३० वटा, क्यानडामा २७ वटा, अष्ट्रेलियामा १६ वटा सिनेमा हलहरुमा प्रदर्शन हुने निर्देशक पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

प्रितम अचार्यको “एक दिन ” बोलको गीत सार्बजनिक

इटहरी आर्टस एण्ड फाउन्डेसनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरुलाई लिएर ‘एक दिन’ बोलको गीत तुलसी घिमिरे अफिसियल युटुब

मिस एसइई इटहरीको फारम खुल्यो, तेस्रो संस्करण हुँदै

इटहरीमा मिस एसइई इटहरीको तेस्रो संस्करण हुने भएको छ् । एसइई दिएर बसेका विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तिव विकास, पब्लिक स्पिकीङ, र्‍याम्प वाक, तथा

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीको १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार