सहकारी बैंकको खुल्ला सदस्यमा खड्काको उम्मेद्वारी सहकारीलाई उत्पादनसँग जोड्नेछु

views:-186

इटहरी । सहकारीको छाता सङ्गठन राष्ट्रिय सहकारी बैङ्कको सञ्चालक समितिको सदस्य खुल्ला तर्फ हरिबहादुर खड्काले उम्मेदवारी दिएका छन् । दर्जनौ सङ्घ संस्थाहरूको नेतृत्वदायी पदमा रहेर सफल काम गरिसकेका खड्काले गण्डकी प्रदेशबाट उम्मद्वारी दिएका हुन । गण्डकीका उनी एक्ला उम्मेद्वार पनि हुन । खड्का शुभकामना बहुउद्देश्यीय सहकारी संस्था दुलेगौँडाको सञ्चालकको रूपमा एक दशकदेखि आबद्ध रहि काम गरेका छन् । सहकारीलाई उत्पादनसँग जोड्न आफ्नो भुमिका खेल्न आफुले उम्मेद्वारी दिएको खड्काले बताएका छन् । उम्मेद्वारी घोषणा गरेका खड्काले सहकारी बैङ्कको बिस्तार तथा व्यवस्थापनमा सहयोग पु¥याउन, आर्थिक सुशासन तथा पारदर्शिता कायम गर्न, सहकारी अभियानलाई सुदृढ बनाउन, सहकारी तथा सहकारी कर्मचारी स्थायित्वका लागि र राज्यको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारीलाई बलियो खम्बाको रूपमा स्थापित गर्ने जस्ता योजनाहरू अघि सारेका छन् । आफुले अघि सारेका योजनाहरुको सफल कार्यान्वयनका लागि पनि आफुलाई अमुल्य मत दिएर सहयोग गर्न खड्काले प्रदेश १ का सहकारी प्रतिनिधिहरु समक्ष अपिल गरेका छन् । पुस १६ गते हुने निर्वाचन प्रदेश १का लागि मोरगंको विराटनगरमा हुनेछ । बैंकको पुस १६ गते हुने १९ औं वार्षिक साधारण सभाले अध्यक्ष सहित १५ जना संचालक र संयोजक सहित तीन जनाको लेखा समिति चयन गर्नेछ । सचालकमध्ये प्रदेश संचालकमा २ जना महिला र खुल्ला संचालकमा तीन जना महिला आरक्षण गरिएको छ । यस्तै लेखा समितिमा पनि एक महिलाको आरक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस

प्रितम अचार्यको “एक दिन ” बोलको गीत सार्बजनिक

इटहरी आर्टस एण्ड फाउन्डेसनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरुलाई लिएर ‘एक दिन’ बोलको गीत तुलसी घिमिरे अफिसियल युटुब

मिस एसइई इटहरीको फारम खुल्यो, तेस्रो संस्करण हुँदै

इटहरीमा मिस एसइई इटहरीको तेस्रो संस्करण हुने भएको छ् । एसइई दिएर बसेका विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तिव विकास, पब्लिक स्पिकीङ, र्‍याम्प वाक, तथा

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीको १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार