‘राठी केबल पुर्वान्चल लिटिल स्टार’को गीतमा प्रितम आचार्यको स्वर, छायांकन सुरु
views:-518
![](https://itaharifm.com/uploads/news/images/1671200336thu.jpeg)
इटहरी/ राठी केबलको टाईटल स्पोन्सरमा आयोजना भएको ‘पुर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणको यतिबेला विभिन्न गतिविधिहरु भैरहेका छन् । सहभागी बालबालिकाहरूलाई ज्ञानबर्धक तालिमका साथै र्याम्पका कक्षाहरु पनि भैरहेको छ ।
ट्यालेन्ट राउन्डको नजिक आइपुगेको यो शोको भर्खरै फोटोसुटको काम सम्पन्न भएको छ । यता आयोजक कम्पनी साईमन फिल्म्स एन्ड इन्टरटेन्मेन्टले सबै सहभागीलाई अवसर दिने उद्देश्य सहित अफिसियल गीतको भिडियो छायांकन समेत गरेको छ । छायांकन भएको भिडियोको गीतमा भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा गएर तहल्का पिटेर चर्चित भएका बालगायक प्रीतम आचार्यले स्वर दिएका छन् । उनलाई स्वरमा अस्मिता कार्कीले साथ् दिएकि छन् । उनि पुर्वाञ्चल लिटिल स्टार दोश्रो संस्करणको सहभागी हुन् ।
छायांकन भएको सो म्युजिक भिडियोलाई इण्डियाको चर्चित युट्युब च्यानल T-Series ‘टि-सिरिज’बाट सार्बजनिक गरिने छ । आयोजक कम्पनिका प्रबन्ध निर्देशक साईमन राजबंशीका अनुसार २६ गते आईतवार भएको छायांकनमा ३० प्रतिशत काम सम्पन्न भएको छ । अब बाकी ७० प्रतिशत छायांकन भने कार्यक्रमको ग्रान्ड फिनाले लगत्तै दार्जिलिङमा गरिने छ । भिडियोमा इटहरी, बिराटनगर र बिर्तामोड टिमका ७९ जना सहभागी बालबालिकाहरु फिचर्ड छन् । यस्तै भिडियोमा पुर्वान्चल लिटिल स्टार दोश्रो संस्कारणकि बिजेता रोजिका सिटौला र सार्थक चौधरीको पनि विशेष भुमिका रहने छ । यो शोको धरानमा, बिर्तामोडमा र बिराटनगरमा छुट्टाछुट्टै सेमिफाइनल तय गरिएको छ । सेमिफाइनलबाट ५/५ जना छनौट गरेर फाईनलको लागि तयार गरिने आयोजकले जनाएको छ ।
फाईनल भने आउदो पौषको १० गते बिर्तामोडमा हुनेछ । तेश्रो संस्करणका बिजेताले ५१ हजार नगद पुरस्कार वा २ लाख बराबरको म्युजिक एल्बमको मौका पाउने छन् । त्यस्तै यो संस्करणको मुख्य आकर्षण भनेको प्याजेण्टमा सहभागी सम्पूर्णले हिन्दि गीतको अफ़िसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने हो । यस्तै यहि आयोजक कम्पनि साईमन फिल्म्स एण्ड इण्टरटेन्मेण्टले विग बजेटमा निर्माण गर्न लागेको चलचित्र ‘प्रधान द लिडर’मा समेत शोका सम्पूर्ण सहभागीले मौका पाउने छन् । जुन चलचित्र नेपालि, हिन्दि, राजबंशी र भोजपुरी गरि ४ भाषामा तयार हुदै छन् । यस चलचित्रका लागि नेपालि अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका बरिष्ठ अन्नु कपुर लगायतका कलाकारहरुको समेत अभिनय रहने आयोजकले जनाएको छ । तीन चरणमा भएको तेश्रो संस्करणको अडिसनमा प्रदेश १ भरिबाट ५०० को हाराहारीमा बालबालिकाहरुले अडिसन दिएका थिए ।
![](https://itaharifm.com/uploads/news/images/thumb227/1844439783331319066_6109921962399232_5364457024246210587_n.jpeg)
इनरुवामा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुँदै
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १को आयोजना तथा इनरुवा नगरपालिकाको संयोजनमा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने भएको छ । नेपाल
![](https://itaharifm.com/uploads/news/images/thumb227/15153203112.jpeg)
शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न” उपहार योजनाको दोस्रो चरणको लक्की–ड्र इटहरीमा सम्पन्न
नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली
![](https://itaharifm.com/uploads/news/images/thumb227/894706309327684100_632135388922048_2809860365610707345_n.jpeg)
‘सम्मान मिस लिम्बु २०७९’ को प्रदेश १ को लागी धरान अडिशन सम्पन्न
सम्मान मिस लिम्बु २०७९ मा प्रदेश १ बाट १४ जना छानिए ‘सम्मान मिस लिम्बु २०७९’ को प्रदेश १ को लागी धरान अडिशन शनिबार सम्पन्न भएकोछ । धरान १० स्थित चौठो
प्रतिकृया दिनुहोस