‘वर्क फ्रम होम’ यसरी सुरक्षित बनाउनुहोस्

views:-444

यसरी सुरक्षित बनाउनुहोस् ‘वर्क फ्रम होम’

कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएसँगै सरकारले बिहीबारदेखि निशेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । यससँगै पुनः वर्क फ्रम होमको संस्कृति सुरु हुँदैछ । कार्यालयका डेस्कटपमा गर्नुपर्ने काम घरकै ल्यापटपबाट गर्नुपर्ने हुन्छ । प्रविधिको विकाससँगै हामीले उपभोग गरिरहेका सुविधा कतिपय अवस्थामा जोखिमपूर्णसमेत हुन सक्छ । किनकि, इन्टरनेट यस्तो माध्यम हो, जसबाट हाम्रा निजी तथा संस्थागत महŒवपूर्ण जानकारी सजिलै ‘ह्याक’ हुन सक्छन् । यसबाट बच्न यस्ता सतर्कता अपनाउन सकिन्छ :

1608926149-9888.jpg

उपकरण अपडेट गरिरहने

गत वर्ष सुरु भएको लकडाउनसँगै जुम एपको प्रयोग ह्वात्तै बढको छ । अनलाइन कक्षा सञ्चालनदेखि लिएर अफिसले मिटिङ र बौद्धिक वर्गको भलाकुसारीसम्मको थलो बनेको छ यो । विज्ञहरूका अनुसार, जुमको प्रयोगसँगै सावधानी पनि अपनाउनुपर्ने हुन्छ । आफूले प्रयोग गरिरहेको उपकरणलाई अपडेट र महबुत सफ्टवेयरको प्रयोग गर्न उनीहरूले सल्लाह दिएका छन् । यसले मोबाइल तथा ल्यापटपलाई सम्भावित जोखिमबाट सतर्क राख्छ ।

वाइफाईको पासवर्र्ड परिवर्तन गर्ने

जसरी हामी फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालको पासवर्ड समय–समयमा परिर्वतन गरिरहेका हुन्छौँ, त्यसैगरी आफ्नो घरको वाइफाईको पासवर्ड पनि परिवर्तन गरिरहनुपर्छ । अहिलेको अवस्थामा वाइफाई सबैभन्दा बढी र सहज रूपमा ह्याक हुने गर्छ, जसले गर्दा, हाम्रा काममा बाधा सिर्जना हुन पुग्छ ।

कामपछि ल्यापटप बन्द गर्ने

हामीमध्ये अधिकांशले कामपछि ल्यापटप बन्द नगर्ने वा बिर्सने गर्छौँ । ल्यापटप र डेस्कटपमा हार्डवेयरदेखि कम्प्युटर भाइरससम्म सक्रिय हुन सक्छन् । स्क्रिन तथा डिस्प्लेको समस्या पनि सिर्जना हुन सक्छ । स्मार्टफोनमा पनि यही नियम लागू हुन्छ । मोबाइलको चार्ज नसकिँदासम्म चलाइरहने प्रवृत्ति त्याग्नुपर्छ । मोबाइलमा निजी जानकारी हुने हुँदा झनै चनाखो हुनुपर्ने हुन्छ ।

man-working-from-home-following-best-practices-for-a-secured-cyber-information.jpg

बायोमेट्रिक पासवर्डको प्रयोग

कार्यालयबाट गरिने काममा त्यहाँको सुरक्षाका लागि राम्रो रणनीति अपनाएको हुन्छ । व्यक्तिगत ल्यापटप र कम्प्युटरबाट काम गर्नुपर्दा कतिपय अवस्थामा संस्थाकै जानकारी पनि जोखिममा पर्न सक्छ । यसका लागि बायोमेट्रिक पासवर्ड सबैभन्दा सुरक्षित उपाय हो । अनुहार, औँठा छाप, आँखादेखि मुटुको धड्कनजस्ता बायोमेट्रिक पासवर्ड सुरक्षाका लागि प्रयोगमा आउन थालेका छन् ।

सतर्क रहने

वर्क फ्रम होम सुरु भएसँगै संस्था आफैँले पनि ‘जिरो ट्रस्ट’को अवधारणा आत्मसात् गर्न सक्नुपर्छ । सानो गल्ती तथा लापरबाहीले ठूलो नोक्सान चुकाउनुपर्ने हुन सक्छ । यसकारण, घरबाटै काम गरिरहेका आफ्ना कर्मचारीलाई ‘साइबर सेक्युरिटी’ व्यवस्थापन गरिदिनु उपयुक्त हुन्छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिकृया दिनुहोस

जलवायु परिवर्तन, बालबालिकामा बढ्दो कुपोषणको कारक

गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल कुपोषण तथा बालबालिकामा आवश्यक रहने पोषण तत्वको कमी हुने एक

‘वर्क फ्रम होम’ यसरी सुरक्षित बनाउनुहोस्

कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएसँगै सरकारले बिहीबारदेखि निशेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । यससँगै पुनः वर्क फ्रम होमको संस्कृति सुरु

नेपाल संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्र राष्ट्र हुनुपर्छ

-विनय यादव नेपालमा अहिले सरकारले नै छद्म धर्मनिरपेक्षताको आडमा हिन्दू संस्कृतिमाथि दमन गर्न खोजिरहेको छ । हाम्रो धर्म–संस्कृति समाप्त पार्ने जुन