चलचित्र ‘प्रेम गीत -३’ को कलाकारहरु पुर्वका मुख्य शहरहरुमा ,असोज ७ गते हल हलमा लाग्दै

views:-353

यही असोज ७ गते रिलिजको तयारीमा रहेको बर्षकै बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत -३’ को कलाकारहरु पुर्वका मुख्य शहरहरु बिर्तामोड , दमक , बिराटनगर ,इटहरी धरान आएर असोज ७ गतेका लागी चुलो निम्तो दिएकाछन । दुई टोली बनेर प्रचार प्रसारमा उत्रेको प्रेम गीत – ३ को पहिलो टिम भारतका बिभिन्न शहरहरुमा प्रचार प्रसारमा निस्केको छ भने दोस्रो टिम नेपालभरीका मुख्य शहरहरुमा असोज ७ गतेको हल हलमा आउन चुलोनिम्तो दिदै हिंडेकोछ । दोस्रो टिममा फिल्मका कार्यकारी निर्माता , चक्र बहादुर चन्द , कलाकार सुनिल थापा , नायकहरु मनिष राउत, प्रेम पुरी र गायक प्रताप दास छन ।

प्रचार प्रसारको दोस्रो टिम आईतवार धरान आएर बिभिन्न कलेज तथा स्कुलका कार्यक्रममा सहभागी भएर प्रेस भेट्घाट गरेकोछ । स्कुल कलेजहरुको कार्यक्रमहरुमा सहभागी भएर टिमले असोज ७ गते सिनेमा हलमा आएर सिनेमा हेर्नलाई चुलोनिम्तो दिएकोछ । धरानमा भएको प्रेस मिटमा कुराकानी गर्दै वरिष्ठ कलाकार सुनिल थापाले आफुले धेरै नेपाली फिल्महरुमा काम गरेको तर प्रेम गीतले एक उत्कृष्ट काम गर्ने मौका दिएकोभन्दै आफुलाई भाग्यमानी महसुस भएको बताउनु भयो । उहाले नेपाली निर्माता निर्देशकले जती मेहनत गरेर फिल्म बनाए पनि नेपाली दर्शकहरुले नेपाली फिल्म हेर्ने नगरेको बताउनु भयो । यती विश्वमानै चर्चा र प्रतिक्षाको बिषय बनेको प्रेमगीत ३ पछि नेपाली फिल्म उद्योगलाई अन्र्तराष्ट्रिय बजारमा पाउन शुरु भएको भन्दै खुशी पनि व्यक्त गर्नु भयो ।

 

फिल्ममा कार्यकारी निर्माता चक्र बहादुर चन्दले नेपालकै लागी भनेर निर्माण गरेको सिनेमा OTT प्लेट्फर्मको लागी बलिवुडमा प्रबेश गरेपनी प्रेम गीत -३ लाई बलिवुडकर्मीले मन पराएपछी उहाहरुनै फिल्मलाई हिन्दिमा डब गर्न राजी हुनुभएको बताउनु भयो । नेपालको सौन्दर्यता र फिल्मको कथा बस्तुलेनै बलिवुडमा स्थान पाएको दावी गर्नुभयो । उहा का अनुसार देशभर १५ सय वटा हलमा फिल्म रिलिज हुँदैछ । फिल्मका मुख्य कलाकार मनिष राउतले प्रेम गीत -३ का लागी आसुसेनले आफुलाई विश्वाश गरेकोमा धनयवाद दिदै आफुले पनि मेहनत साथ काम गरेको बताउनु भयो । अर्का कलाकार प्रेम पुरी पनि प्रेम गीत -३ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउनु भयो । आफुले निभाएको भूमिका दर्शकलाई मन पर्ने मा आफु ढुक्क रहेको बताउनु भयो ।

 

 

यता नेपाल प्रोमोशनमा निस्किएको मुख्य कलाकारहरु को टिम सुनिल थापा , प्रेम पुरी , कार्यकारी निर्माता चक्र बहादुर चन्द , गायक प्रताप दास सहितको टिम अब शनिबार बिराटनगर , इटहरी र आईतवार धरानमा भएको बिभिन्न कार्यक्रम र प्रेस मिटमा सहभागी भएर टिम हेटौंडा ,चितवन पोखरा हुँदै काठमाण्डु फर्किनेछ । उता भारतमा इन्डियन आईडल पवनदिप राजन प्रेम गीत -३ को प्रोमोशनमा व्यस्त रहेकाछन । यही सेप्टेम्बर २३ असोज ७ गते विश्वव्यपी रिलिज तयारीमा रहेको प्रेम गीत -३ को यतिबेला भारतको बिभिन्न प्रदेशका मुख्य मुख्य शहरहरुमा प्रोमोशन भैरहेकोछ । प्रोमोशनमा फिल्मका मुख्य कलाकारहरु प्रदिप खडका , क्रिस्टिना गुरुङ, निर्माता निर्देशक सन्तोष सेन , इन्डियन आईडल पवनदिप राजन लगायतको टिम यतिबेला दौड धुपमा छ ।

प्रतिकृया दिनुहोस

काँग्रेस नेता प्रसाईद्धारा प्रेस युनियन सुनसरीलाई जग्गा प्रदान, चाँडै भवन बन्ने

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली काँग्रेसका नेता रोहित प्रसाईँले जग्गा दिएका छन् । इटहरी निवासी प्रसाईले सोमबार ९आज०